काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ ।
शुक्रबार दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् ।
विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।
आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेको उम्मेदवार सुहाङ्ग नेम्बाङ्ग रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप