काठमाडौं – ललितपुरको हात्तीवनमा रहेको सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । कारखानामा आज बिहान आगलागी भएको हो ।
आगलागीमा परेर एक पुरुषको ज्यान गएको र मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । शव जलेको अवस्थामा फेला परेको छ ।
ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
थप विवरण आउन बाँकी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप