बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु

  • २०८० चैत्र २४, शनिबार (७ महिना अघि)
  • २०० पटक पढिएको
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा बसले ठक्कर दिंदा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको ज्यान गएको छ ।

Advertisement

काठमाडौंबाट काँकरभिट्टाको लागि हिंडेको बागमती प्रदेश ०१–००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट