काठमाडौं– आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।
अन्य दलबाट पनि उम्मेदवारी दर्ता हुने क्रम जारी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप