पेस्तोल देखाएर सिरहामा मोटरसाइकलमा आएका समूहले साढे १५ लाख लुटियो

  • २०८० चैत्र २५, आईतबार (७ महिना अघि)
  • २४१ पटक पढिएको
पेस्तोल देखाएर सिरहामा मोटरसाइकलमा आएका समूहले साढे १५ लाख लुटियो

काठमाडौं– सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

Advertisement

सिरहा सदरमुकाममा आज बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट