गण्डकी सरकारविरुद्ध सर्वोच्च जाने कांग्रेसको निर्णय

  • २०८० चैत्र २६, सोमबार (७ महिना अघि)
  • २२० पटक पढिएको
गण्डकी सरकारविरुद्ध सर्वोच्च जाने कांग्रेसको निर्णय

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

Advertisement

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट