राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

  • २०८० चैत्र २७, मंगलबार (७ महिना अघि)
  • २०६ पटक पढिएको
राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

Advertisement

राप्रपाले मंगलबार भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट