काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् ।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप