लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

  • २०८१ बैशाख ६, बिहिबार (७ महिना अघि)
  • १०९ पटक पढिएको
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

काठमाडौं– लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

Advertisement

मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् ।

विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज बनेका सबै मन्त्री बिना विभागीय छन् । उनीहरुको मन्त्रालय टुंगो लागेको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिँदैछन् ।

गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट