काठमाडौं– सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ ।
यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा सोडारी रहेका थिए ।
सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दाबी गर्दै छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप