काठमाडौं– तराई मधेशका जिल्लामा आजदेखि पाँच दिनसम्म अत्याधिक गर्मी र हिट वेभ अर्थात् तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको हो ।
दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ । भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्याधिक गर्मी हुने छ ।
प्रि–मनसुनमा लामो समय पानी नपरेका कारण गर्मी अत्याधिक बढेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप