भारतको उत्तराखण्डमा जंगलमा सल्किएको डढेलोमा परेर दुई नेपाली युवाको मृत्यु

  • २०८१ बैशाख २१, शुक्रबार (६ महिना अघि)
  • १८८ पटक पढिएको
भारतको उत्तराखण्डमा जंगलमा सल्किएको डढेलोमा परेर दुई नेपाली युवाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ ।

Advertisement

बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो ।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट