काठमाडौं– बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो अवसरमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गत बुधबार २०८१ वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो ।
२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दैछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप