गृहमन्त्री लामिछानेसहित शीर्ष नेताहरुलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

  • २०८१ बैशाख २८, शुक्रबार (६ महिना अघि)
  • १३५ पटक पढिएको
गृहमन्त्री लामिछानेसहित शीर्ष नेताहरुलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्ना भनाइ राख्न दिने निर्णय गरेको छ ।

Advertisement

आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट