काठमाडौं– सरकार छाड्ने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुने छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप