यस वर्ष देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

  • नेपाल पथ
  • २०८१ बैशाख ३१, सोमबार (६ महिना अघि)
  • १९९ पटक पढिएको
यस वर्ष देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

Advertisement

राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदो मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागका मौसमविद् सुदर्शन हुमागाईँले धेरैजसो ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।

साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट