काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल बैठक जारी छ । मंगलबार बिहान १० बजेदेखि संसदीय दल बैठक दल कार्यालय सिंहदरबारमा बसेको हो ।
बैठकमा मुख्यगरी सदनमा गरेको अवरोधबारे छलफल भइरहेकोछ ।
मंगलबार अपराह्न ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै यसअघि बैठक अवरोध गरेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप