संविधान कार्यान्वयन, अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता: राष्ट्रपति

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • १७२ पटक पढिएको
संविधान कार्यान्वयन, अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता: राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

Advertisement

आज सङ्घीय संसद्को दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले पौडेलले वर्तमान सरकार समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

उनले नेपाली नागरिकको सुख, समुन्नतिका लागि संङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकमा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट