काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न लागेको हो ।
शुक्रबार नै कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने तयारी गरेपनि आज भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप