संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री दाहाल सकारात्मकः कांग्रेस

  • २०८१ जेष्ठ ५, शनिबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री दाहाल सकारात्मकः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताएको छ ।

Advertisement

शनिबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस नेताहरू बालुवाटार पुगेका थिए ।

करिब आधा घन्टा छलफल भएको र प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले आफ्ना अडानहरू कायमै राखेको र यसप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको उनले बताए ।

उनका अनुसार संसदीय छानबिन समिति बनाउनेबारे कांग्रेसले तयार पारेको मस्यौदामै केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट