काठमाडौं– प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।
संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप