काठमाडौं– सरकाले सहकारी समस्याका बारेमा अध्ययनका लागि गठन गर्ने भनेको संसदीय छानबिन समितिको कार्यविधि (टीओआर) का बारेमा पार्टीमा छलफलका लागि कांग्रेसले समय मागेको छ ।
आइतबार सिंहदरबारमा कानुनमन्त्री पदम गिरीसहित सत्ता पक्ष र विपक्षी दलका प्रतिनिधिबिच संसदीय छानबिन समितिको कार्यविधि बनाउनेबारे छलफल भएपनि सहमति नजुटेपछि कांग्रेसका प्रतिनिधिले पार्टीमा छलफल गर्ने भन्दै समय मागेको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अर्को बैठकले निर्णय हुनसक्ने अपेक्षा रहेको उनले बताए । कांग्रेसले संसदीय छानबिन समिति बनाउँदा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कुरामा अडान लिएको छ भने सत्तापक्षले सो विषय स्वीकार गरेको छैन ।
कांग्रेसले समय मागेकोले दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप