काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् ।
यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गरेका छन् ।
जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । उनले सर्वोच्चको सो फैसला नआउन्जेल विश्वासको मत लिने प्रक्रिया रोक्न माग गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप