काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए ।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप