काठमाडौं– नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए ।
सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको बताए । आजको बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप