न्यूरोडमा काठमाडौं महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

  • २०८१ जेष्ठ २१, सोमबार (५ महिना अघि)
  • १३२ पटक पढिएको
न्यूरोडमा काठमाडौं महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

काठमाडौ– काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूरोडमा भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले टालेको छ ।

Advertisement

आज बिहान सडक डिभिजन कार्यालयले काठमाडौं महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालोपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी पुगेपछि केहीबेर विवादसमेत भएको थियो ।

यसअघि सडक डिभिजन कार्यालयले महानगरलाई भत्काएको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनीसहित पत्र पठाएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट