अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

  • २०८१ जेष्ठ २३, बुधबार (५ महिना अघि)
  • १६३ पटक पढिएको
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

काठमाडौंं– सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो ।

Advertisement

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

२०६९ साल मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा, सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट