काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रष्टीकरण दिएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षामन्त्री श्रेष्ठसँग जोडिएको बताए ।
‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ,’ अध्यक्ष ओलीले भने ।
ओलीले शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे बुधबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद समेत गरेकी थिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप