काठमाडौं – मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
चट्याङ लागेर राक्सिराङ–२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको ज्यान गएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
आज बिहान घरमै सुतिरहेका बेला प्रजालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप