काठमाडौं– झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक रहेका छन् । उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
विकले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप