काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् ।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे छलफलका लागि बोलाएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप