काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।
मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप