काठमाडौं– काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर चलाएको छ ।
आज काठमाडौं महानगर–३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
उनका अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप