धादिङकी रजनी लामाले उचालिन् तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०

  • २०८० फागुन २, बुधबार (९ महिना अघि)
  • ८७२ पटक पढिएको
धादिङकी रजनी लामाले उचालिन् तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०

काठमाडौं- थाक्रे गाउँपालिका–५ धादिङकी रजनी लामाले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० जितेकी छिन् । रजनीको मिठो बोलीले भन्ने बोलको गीत वेष्ट सिंगर फिमेलको अवार्ड उचाल्न सफल भएको हो ।

Advertisement

वेष्ट सिंगर फिमेलतर्फ रजनी लामासँगै रुपा घर्तीमगरको निर्मोहि, शर्मिला विश्वकर्माको आज सँगै, अमृता श्रीपालको राजाराजी दुई र पुजा देवकोटाको मैले मात्रै सम्झेएर बोलको गीत रहेका थिए । चार जनालाईपछि पार्दै अवार्ड चुम्न सफल भएकी हुन् ।

नेपाली गीत संगीतकर्मीहरुको सम्मानार्थ विशाल मुभिज् प्रा.लि. अनामनगरले स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगमा तेस्रो राष्ट्रिय विशाल लुम्विनी लोक दोहोरी अवार्ड २०८० को आयोजना गरेको हो ।

 

‘मेरो गीतहरु दर्शक श्रोताले रुचाइदिनु भयो । सबैले भोट गरी मलाई अवार्ड जिजाउन भगवानरुपी श्रोता र दर्शकले ठूलो सहयोग गर्नु भयो’ उनले भनिन्– ‘मैले जित्नु भनेको धादिङले जित्नु हो । गीत संगीतको क्षेत्रमा अझै काम गर्ने हौसला र जिम्मेवारी थपिएको महसुस गरेको छु । मलाई जिताउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार र धन्यवाद छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट