पाल्पा जीप दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत

  • २०८० फागुन २, बुधबार (७ महिना अघि)
  • १९५ पटक पढिएको
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत

काठमाडौं– पाल्पाको तिनाउँ गाउँपालिका–६ मस्याममा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सबै १० जनाको सनाखत भएको छ ।

Advertisement

मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीय चुना रणपाल, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसी रहेका प्रहरीले जनाएको छ ।

आठ जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मंगलबार साँझ डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट