छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० फागुन ४, शुक्रबार (७ महिना अघि)
  • १९७ पटक पढिएको
छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– सिन्धुलीको दुधौली नगरपालिका–९ आँपडाँडामा आज बिहान दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा वडा नं १० बस्ने बेचु कुमरको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा अर्को मोटरसाइकलमा रहेका स्थानीय हरि राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । घाइते राउतको दुधौलीमा रहेको प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बझाङको तलकोटबाट चैनपुर आइरहेको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा हिजो बेलुका ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका शुक्लागण्डकी–१ थप्रेककी पीपलकौरी गुरुङको ज्यान गएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट