बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे वडा कार्यालयले ५ हजार रुपैयाँ दिने

  • २०८० फागुन ४, शुक्रबार (७ महिना अघि)
  • २३१ पटक पढिएको
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे वडा कार्यालयले ५ हजार रुपैयाँ दिने

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइरहेको छ ।

Advertisement

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंक दाखिला गराउन थालेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

बच्चाको जन्मदर्ता गराएसँगै बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार रुपैयाँ जम्मा गरिदिने उनले बताए ।

‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौं’, उनले भने ।

गएको साउनदेखि कार्यान्वयनमा ल्याइएको कार्यक्रमबाट अहिलेसम्म २६ जना बच्चाको खातामा रकम जम्मा भइसकेको छ । यसबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट