सिकार खेल्न गएका एक युवकको बन्दुकले लागेर मृत्यु

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • १७४ पटक पढिएको
सिकार खेल्न गएका एक युवकको बन्दुकले लागेर मृत्यु

काठमाडौं– दाङमा सिकार खेल्न गएका एक युवकको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ ।

Advertisement

सिकार खेल्न खत्रीसहित ११÷१२ जनाको समूह शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको प्रहरीको भनाइ छ ।

घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक अजयजङ थापाले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट