काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • १८८ पटक पढिएको
काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो ।

Advertisement

प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकिएको थियो ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रमका कारण प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो ।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोक्नुपरेको जिल्ला प्रशासनको भनाइ छ । तर निषेधित क्षेत्र नहटाउँदा सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै विरोध भने भैरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट