भैरवी बचत तथा ऋण सहकारी संस्थाको नाफा ५६ लाख

  • २०८० फागुन ६, आईतबार (७ महिना अघि)
  • ४३२ पटक पढिएको
भैरवी बचत तथा ऋण सहकारी संस्थाको नाफा ५६ लाख

काठमाडौं– भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५६ लाख १८ हजार ६ सय ७४ रुपियाँ नाफा कमाएको छ । धादिङको नीलकण्ठ नगररपालिका–३ जिल्ला सदरमुकाम धादिङवेशीमा रहेको सहकारीले आर्थिक वर्ष ०८०/०८१ मा उक्त नाफा कमाएको हो ।

Advertisement

 

एक कार्यक्रमको आयोजना गरी संस्थाले आइतबार २३औं स्थापना दिवस मनाएको हो । ३ करोड ७ लाख १० हजार चार सय रुपियाँ शेयर पूँजी संकलन गर्न सफल भएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले बताए ।

संस्थाको जगेडा कोषमा १ करोड ६३ लाख ५१ हजार ५ सय २३ रुपियाँ, अन्य कोषमा २ करोड २७ लाख ६९ हजार ८ सय २५ रहेको छ । ‘विगतमा मुनाफाबाट ०.५ प्रतिशत ५१ हजार ५ सय एक रुपियाँ भैरवी मन्दिर निर्माणका लागि हस्तान्तरण गरियो । बिचबजार चौतारा निर्माणका लागि ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छौं । रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण लगायतका सामाजिक कार्य संस्थाले गर्दै आएको छ’ महासचिव श्रेष्ठले भने ।

यस सहकारी धादिङ जिल्ला सदरमुकाम आसपासका व्यक्तिहरुको आर्थिक तथा सामाजिक विकास गराई आत्मनिर्भर बनाउने अभिप्रायले २०५७ साल फागुन ६ गते १५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष इश्वरकुमार श्रेष्ठले बताए ।

शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । ‘संस्थामा २५२६ शेयर सदस्य रहेका छन् । नीलकण्ठ नगरपालिकाको १४ वटै वडा र सिद्धलेक गाउँपालिकाको १ र २ नम्वर वडामा सेवा प्रवाह भइ रहेको छ । शेयर सदस्यको माग र आवश्यतालाई मध्यनजर गरी विहान साढे ९ वजेदेखि सेवा शुरु गर्ने तथा विदाको दिन पनि सेवा दिदै आएका छौं’ अध्यक्ष श्रेष्ठले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट