काठमाडौं– भ्रमणका लागि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको मृत्यु भएको छ ।
बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो । यस्तै, चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप