आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

  • २०८० फागुन ८, मंगलबार (७ महिना अघि)
  • २२१ पटक पढिएको
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीले धरान उपमहानगरपालिका–११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए । राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताए ।

दीपकले मादक पदार्थ सेवन गरेर रमनश्वरीलाई कञ्चटमा प्रहार गरेको रेग्मीले बताए । ‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भने ।

उनीहरूको पारिवारिक झगडा के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट