सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

  • २०८० फागुन ९, बुधबार (७ महिना अघि)
  • १८७ पटक पढिएको
सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

काठमाडौं– काठमाडौंको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेका छन् ।

Advertisement

उनीहरु आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।

घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट