बारामा ट्रक र जीप आपसमा ठोक्किँदा २ जनाको ज्यान गयो, ४ जना घाइते

  • २०८० फागुन ९, बुधबार (७ महिना अघि)
  • १७८ पटक पढिएको
बारामा ट्रक र जीप आपसमा ठोक्किँदा २ जनाको ज्यान गयो, ४ जना घाइते

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगल सडक खण्डमा आज ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

Advertisement

सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१–०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट