काठमाडौं– नीलकण्ठ नगरपालिका–१४ धादिङमा फेला परेको सालकको उद्धार गरिएको छ । स्थानीयले फेला पारेर डिभिजन वन कार्यालय धादिङ ल्याएको सालकलाई सुरक्षित प्राकृतिक स्थानमा छोडिएको हो ।
उद्धार गरी कार्यालयमै सालक लिएर आउदा खुषी लागेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । ‘नीलकण्ठ नगरपालिका– १४ का वडा अध्यक्ष नवराज दुवाडीसहितको टोलीले सालक लिएर डिभिजन वन कार्यालय धादिङ मै आउनुभयो’ उनले भने– ‘केही दिन अघि मात्रै धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस मनायौं । धादिङबासीमा सालकको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान र चेतना थपिएको छ । सबैको साथ र सहयोग भए सालकको संरक्षण हुन्छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप