ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एकजना विद्यार्थीको मृत्यु

  • २०८० फागुन १४, सोमबार (६ महिना अघि)
  • १८९ पटक पढिएको
ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एकजना विद्यार्थीको मृत्यु

काठमाडौं– ललितपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

Advertisement

महालक्ष्मी नगरपालिका–६ सानोगाउँमा आज बिहान पौने सात बजे बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय स्कुटर चालक सुहायाङ राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पु¥याइएको थियो । उनलाई साढे सात बजे चिकित्सकले मृत घोषणा गरेको सुवेदीले बताए ।

मृतक राई महालक्ष्मी नगरपालिका, शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेको सुवेदीले बताए ।
ठक्कर दिने ट्यांकर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट