उपचारका लागि काठमाडौं ल्याउँदै गरेका सुत्केरीको मृत्यु

  • २०८० फागुन १४, सोमबार (६ महिना अघि)
  • २३७ पटक पढिएको
उपचारका लागि काठमाडौं ल्याउँदै गरेका सुत्केरीको मृत्यु

काठमाडौं– खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ ।

Advertisement

दिक्तेल रुपाकोट मुझुवागढी नगरपालिका–७ की २१ वर्षीया लक्ष्मी बस्नेत बुढाथोकीको मृत्यु भएको हो ।

उनले फागुन ७ गते जिल्ला अस्पतालमा नर्मल रूपमा छोरी जन्माएकी थिइन् । त्यसपछि उनको अवस्था सामान्य भएकाले उनलाई घर लगिएको थियो । तर आइतबार स्वास फेर्न गाह्रो भएको भन्दै पुनः अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

आज जिल्ला अस्पतालले काठमाडौं लैजान रिफर गरेको थियो । काठमाडौं ल्याउने क्रममा सिन्धुलीको मूलकोटमा उनको मुत्यु भएको ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट