ग्यास सिलिण्डर पड्किँदा बारामा एक जनाको मृत्यु, पाँच जना घाइते

  • २०८० फागुन १४, सोमबार (६ महिना अघि)
  • १४९ पटक पढिएको
ग्यास सिलिण्डर पड्किँदा बारामा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं– बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

निजगढ नगरपालिका– ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो । उनी सोही नगरपालिका–७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए ।

आज दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ५ जना घाइते भएका छन् । उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एक जना भने सामान्य घाइते छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट