कलाकार अशेष डंगोलसहितको टोलीद्वारा जाजरकोट भुकम्प पिडितलाई राहत वितरण

  • २०८० फागुन १४, सोमबार (६ महिना अघि)
  • २३७ पटक पढिएको
कलाकार अशेष डंगोलसहितको टोलीद्वारा जाजरकोट भुकम्प पिडितलाई राहत वितरण

काठमाडौं – अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशनको सहयोगमा जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका– १० मा बिजुलीको सुविधाबाट बञ्चित स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरेको हो ।

Advertisement

कलाकार अशेष डंगोलसहित, पत्रकार रिदेन महर्जन, देवी राना, नितेश ढकालको टोलीले जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी रग्दाका स्थानीय बासिन्दालाई सिरक करिब ६० घरधुरी (३ सय भन्दा बढि व्यक्ति) लाई तथा १६ जना सुत्केरी महिलाहरु खास्टो वितरण लगायत आर्थिक अवस्था न्यून भएका परिवारलाई छानेर खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरेको पत्रकार रिदेन महर्जनले जानकारी दिए ।


राहत वितरणका लागि विकट वस्ति रग्दा पुगेका कलाकार अशेष डंगोलले गितार र स्थानीय कलाकार राम बहादुर नेपालीले नगडामा अशेष डंगोलले रचिएको नयाँ गीत प्रस्तुत गरेका छन् । मादलमा अशोक रावतले साथ दिएर बेजोड शैलीको सांगितिक धुन प्रस्तुत गरिएका थिए ।
सोही क्षेत्रको भुकम्पले जिर्ण अवस्थामा रहेको श्री जन एकता प्राथमिक विद्यालयको प्रगति तथा विद्यालयमा अध्ययनरत स–साना बालबालिकाको उज्वल भविष्यको कामना गरी सय जना विद्यार्थीहरुलाई पुग्ने स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट