धादिङ अस्पतालले सुरु गर्यो पाठेघरको शल्यक्रिया सेवा

धादिङ अस्पतालले सुरु गर्यो पाठेघरको शल्यक्रिया सेवा

काठमाडौं– जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले पहिलो पटक TAH (Total abdominal Hysterectomy) पद्धतिबाट पाठेघरको शल्यक्रिया गर्न सफल भएको हो ।

Advertisement

१० जनाको पाठेघर अपरेशन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनले भने– ‘गाइनोक्लोजिष्ट भएर पनि अपरेशन सेवा नभएको भन्ने गुनासो आयो । अहिले हामीले सुरु गरेका छौं, अहिले पाठेघरको सबै खालको शल्यक्रिया धादिङ अस्पतालमै हुने गरेको छ । यो सेवा निरन्तर प्रवाह हुन्छ । अहिले पाठेघर खस्ने समस्याको अपरेशन VH (Vaginal hysterectomy) पनि नियमति रुपमा भइ रहेको छ ।’

 

त्यस्तै, १५ जनामा भन्दा बढी महिला÷पुरुष दुवैको स्थायी बन्धाकरण गरिएको उनले बताए । ‘अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउदै लैजाने तयारीमा छौं । प्रसुति सेवा पनि थप सहज बनाएका छौं । जटिल खालका प्रसुति डेलिभरीको पनि धादिङ अस्पतालमै अपरेशन हुन्छ’ उनले भने ।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट एवम् स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्र प्रसाद भट्टसहितको टोलीले शल्यक्रिया गर्दै आएका छन् । धादिङ अस्पतालमै पाठेघरको अपरेशन हुुन थालेपछि सेवाग्राहीहरु खुषी भएका छन् । विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले निरन्तर रुपमा सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीहरुको भनाई छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट